दफा २५
अनुचित ढङ्गले सवारी साधनको प्रयोग गर्न नहुने
(१) निर्वाचनको प्रचार प्रसारको सिलसिलामा कुनै राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारी साधन प्रयोग गर्न वा गराउन हुँदैन ।
(२) निर्वाचनको प्रचार प्रसारको सिलसिलामा कुनै राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारी साधन प्रयोग गर्न वा गराउन हुँदैन ।
(३) कुनै पनि राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन प्रचार प्रसारको सिलसिलामा कुनै सवारी साधनको प्रयोग गरी रयाली गर्न वा गराउन हुँदैन ।
(४) उपदफा (१), (२) वा (३) विपरीतको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(५) राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले उपदफा (१) वा (२) विपरीत सवारी साधन प्रयोग गरेकोमा “उपदफा (४)” बमोजिम जरिबाना गर्ने अधिकारीले त्यस्तो सवारी साधन निर्वाचन अवधिभरको लागि कब्जामा लिनेछ र उपदफा (२) बमोजिमको सवारी साधन प्रयोग भएकोमा त्यस्तो सवारी साधन प्रयोग गर्न दिने अधिकारीलाई विभागीय कारबाही हुनेछ ।